• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    निर्मल कुमार थापालाई रथीमा बढुवा गर्न ७ दिनको सूचना प्रकाशन

    1.7K
    SHARES



    काठमाडौँ । नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई रथी पदमा बढुवा गर्न सूचना प्रकाशन गरिएको छ ।

    बुधबार जंगी अड्डाले बढुवाका लागि ७ दिनको सूचना प्रकाशन गरेको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले बताए ।

    रिक्त रथी पदोन्नति गर्नुअघि उम्मेदवारविरुद्ध दाबी विरोध गर्न सकिने कानुनी व्यवस्था रहेको छ । उपरथी थापा सिरियास्थित युएन मिसनमा फोर्स कमाण्डर छन् । सिरिया मिसनको नेतृत्व नेपाली सेनाले गरेको छ ।

    यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाका बारेमा छलफल हुनेछ ।

    बिहान भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीहरूको छलफलमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाको काम आजैदेखि सुरू हुने बताए ।

    ‘आज नै हामी प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्दैछौं । अरू काम पनि क्रमशः अगाडि बढ्छन्। सम्बोधन अक्षरशः पालना गरिन्छ,’प्रधानमन्त्री प्रचण्डले भने ।

    प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा संबोधन गर्ने क्रममा पनि चुस्तदुरूस्त सरकारी संरचना बनाइने र त्यसको सुरूआत प्रधानमन्त्री कार्यालयबाटै गर्ने बताएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ