• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अमेरिकाले युक्रेनलाई थप २५ करोड डलर बराबरको सैन्य सहयता दिने

    2.6K
    SHARES



    वासिङ्टन । ह्वाइट हाउसले युक्रेनका लागि २५ करोड अमेरिकी डलर बराबारको सैन्य सहायतालाई मन्जुरी दिएको छ । यसमा हवाई सुरक्षा, आर्टिलरी र साना हतियारका गोलीगट्ठा र एन्टी-ट्याङ्क हतियारहरू रहेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् ।

    अमेरिकाको संसद्ले अनुमति दिनुअघिको यो अन्तिम सैन्य सहायता हो । हाल यस विषयमा छलफलमा गतिरोध देखिएको छ ।यसअघि युक्रेनले थप सैन्य सहायता नपाए युद्धमा आफ्नो प्रयास जोखिममा रहेको बताउँदै आएको थियो । अमेरिका र युरोपबाट थप सैन्य सहायतामा ढिलाइ हुँदा पूर्वमा युक्रेनको जवाफी कारबाही रोकिएको छ । अमेरिकी संसद्मा युक्रेनको युद्धमा समर्थन रहे पनि रिपब्लिकन पार्टीले थप सहयोगमा रोक लगाएको छ ।

    युक्रेनलाई दिइने सैन्य सहयतामा सम्झौता गर्दा अमेरिका–मेक्सिको सीमामा थप कडाइ गर्ने विषयमा पनि सम्झौता गर्नुपर्ने अडान राखेका छन् । सांसदहरूलाई मनाउन युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गरे पनि उनको प्रयास विफल भएको थियो । यसअघि युरोपियन युनियनको ५० अर्ब युरो बराबरको सहायता हंगेरीले रोको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया