• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीविरूद्ध पत्नीले दिइन् हिंसा गरेको भन्दै अदालतमा मुद्दा

    3.5K
    SHARES



    काठमाडौँ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बिहे भएको मितिमै विवाह दर्ता गर्न नमानेको र आफूमाथि शारीरिक, मानसिक हिंसा गरेको भन्दै उनकी पत्नी जानकी पाण्डेले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् ।

    भण्डारीले बिहे दर्ता गर्न नमानेकोले नाता कायमको मुद्दा दायर गरेकी पाण्डेले आफूमाथि शारीरीक, मानसिक, आर्थिक र यौनजन्य हिंसा भएको भनेर पनि अर्को छुट्टै मुद्दा दिएकी हुन् ।

    भण्डारीले आफूलाई ज्यान लिने भन्दै धम्क्याउने, आफ्ना बावुआमालाई सताउने लगायतका काम गरेको भन्दै उनले संरक्षणात्मक आदेश मागेकी छन्। उक्त आदेश माग्दै दिइएको निवेदनमा भोलि नै पेसी तोकिएको उनले बताइन्। जानकी आफैं पनि अधिवक्ता हुन्।

    उनले यसअघि भण्डारीविरूद्ध महिला आयोगमा निवेदन दिएकी थिइन् । आयोगले भने अदालत जान सुझाएको थियो ।

    जानकीका अनुसार, उनीहरूको विवाह २०७४ साल माघ १९ गते परम्परा बमोजिम परिवारका सदस्यहरूको बीचमा भएको थियो ।

    दोस्री पत्नीसँग पनि सम्बन्ध विच्छेद भएपछि सुरेन्द्रको बिहे जानकीसँग भएको थियो । बिहेपछि ललितपुरको सैंबुस्थित सुरेन्द्रको घरमै उनी बस्दै आएकी थिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ