• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा

    1.8K
    SHARES



    काठमाण्डाै। यो अंग्रेजी वर्ष अर्थात् सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ ।

    कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय पुनराेत्थानका लागि सरकारले यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो ।

    सरकारको लक्ष्य आज बुधवार पूरा भएको हो । यस वर्ष आज बिहान ५ बजेसम्ममा ९ लाख ९९ हजार १ सय ९ जना पर्यटक भित्रिएका नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ ।

    आज दिउँसो ४ बजेसम्ममा थप तीन हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका अध्यागमन विभागले जनाएको छ । सन् २०२३ सकिन चार दिन बाँकी छँदै सरकारको लक्ष्य पूरा भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी गराएका छन् ।

    कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका थिए । तर कोरोना महामारीका कारण सन् २०२० मा नेपालमा विदेशी पर्यटकको सङ्ख्या दुई लाख ३० हजार ८५ जनामात्रै थियो । त्यो सङ्ख्या अझै घटेर सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पर्यटक मात्रै नेपाल आए ।

    कोभिड-१९ बाट बच्न लगाइएका प्रतिबन्धहरू हटेपछि सन् २०२२ मा ६ लाख १४ हजार १ सय ४८ जना पर्यटक नेपाल आएका थिए ।

    सरकारले अझै राम्रोसँग बजारीकरणसहित पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएको भए सन् २०१९ कै हाराहारीमा पर्यटक आउने सम्भावना रहेको निर्देशक लामिछानेले बताएका छन् ।

    तर यस वर्षको पर्यटक आगमन पनि नेपालका लागि उत्साहपूर्ण रहेको उनको भनाइ छ । यो वर्ष नेपालमा भारत, अमेरिका र चीनबाट आउने पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ । पर्यटन बोर्डले अब वार्षिक १२ लाख पर्यटक भित्र्याउने गरी तयारी शुरु गरेको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ