• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    जम्मू-कश्मीर घटना : सेनाले सोधपुछका लागि पक्रेका ३ जनाको मृत्युपछि मुद्दा दर्ता

    2.4K
    SHARES



    कठमाडौं । शुक्रबार भारतीय सेनाले सोधपुछका लागि बोलाइएका आठ जनामध्ये तीन जना मृत फेला परेपछि जम्मू-कश्मीर प्रहरीले आइतबार अज्ञात व्यक्तिहरू विरुद्ध हत्याको मामिलामा एफआईआर दर्ता गरेको छ ।

    तीन जनाको शव शनिबार भेटिएको थियो र उनीहरुको शरीरमा चोटका निशानहरू थिए । सामाजिक सञ्जालमा २९ सेकेण्डको भिडियो भाइरल भएपछि मामिला चर्कियो । त्यसपछि उक्त क्षेत्रमा तनाव बढेको थियो ।

    मृत भेटिएका तीन जनामा ​​४८ वर्षीय सफिर अहमद, सोही गाउँमा बस्ने उनका दुई नातेदार २८ वर्षीय मोहम्मद शौकत र २५ वर्षीय शबिर अहमद रहेका छन् ।

    भाइरल भिडियोमा केही व्यक्तिले तीन जनालाई निर्वस्त्र बनाएर खुर्सानीको धुलो छर्किरहेका छन् । उनीहरू सबै सेनाका जवान भएको दाबी गरिएको छ र यो भिडियो आर्मी क्याम्पमा खिचिएको बताइएको छ ।

    अङ्ग्रेजी दैनिक द हिन्दूका अनुसार भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३०२ अन्तर्गत पुन्चको सुरनकोट पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको छ ।

    जम्मु कश्मीर सरकारले पुन्छमा मारिएका यी ३ जनाको परिवारलाई क्षतिपूर्ति र जागिर दिने घोषणा गरेको छ। गम्भीर घाइते पाँच जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरू सबै गुजर-बकरवाल जनजाति समुदायका हुन् ।

    यसअघि २१ डिसेम्बरमा पुन्च-राजौरीमा सेनाको सवारीमा हमला भएको थियो। उक्त आक्रमणमा चार सैनिकको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

    त्यसपछि सुरक्षाकर्मीले आठ जनालाई नियन्त्रणमा लिएको थियो । आक्रमणमा संलग्न चरमपन्थीहरुको भने अहिलेसम्म पहिचान हुन सकेको छैन ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ