• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

    1.1K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी गराएका छन् ।

    ‘पुस १० गते दिउँसो ठिक ३ बजे प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ’, उनले भने ।

    सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै १ वर्षको अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् । प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसले राष्ट्रिय एकतालाई अझै सुदृढ तुल्याउन सहयोग पुग्ने बताएका छन् ।

    क्रिसमसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका हुन् ।

    राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताए ।

    विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइने यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने उनले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ