काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ सुन तस्करी ढाकछोप गर्न लागेको आरोप लगाएका छन् ।
नारायणघाट-बुटवल सडक खण्डमा पदयात्रामा निस्कनुअघि सोमबार बिहान पत्रकार सम्मेलन गर्दै लामिछानेले गृहमन्त्री श्रेष्ठमाथि सुन तस्करी ढाकछोप गर्न लागेको आरोप लगाएका हुन् ।
अध्यागमन विभागका महानिर्देशक झलकाराम अधिकारीलाई मन्त्रालय तानेर गृहमन्त्री श्रेष्ठले जोगाउन लागिपरेको लामिछानेको आरोप छ । अधिकारीको अभियुक्त दावा छिरिङसँग बारम्बार म्यासेज आदान-प्रदान भएको प्रमाण लगेर दिँदा पनि कारबाही नभएको लामिछानेले बताए ।
६१ किलो सुन प्रकरणमा गृहमन्त्रीको सचिवालय र अधिकारीबिच पनि सम्बन्ध रहेको लामिछानेको दाबी छ। ‘जीवन चलाउने भन्ने मानिस को हो भनेर एक पटक सोध्नुहोला । झलकरामजीसँगको उहाँको सम्बन्ध के हो ? गृहमन्त्रीसँगको सम्बन्ध के हो ? गृहमन्त्रीको वरिपरि भएका मानिससँगको सम्बन्ध के हो भनेर सोध्नुहोला । मैले यो भन्नै पर्ने भयो,’ लामिछानेले भने ।
प्रतिक्रिया