• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एड्भिका ट्राभल्सका संचालकसहित थप दुई जना पक्राउ

    2.2K
    SHARES



    काठमाडौँ । ‘सेटिङ’ मिलाएर भिजिट भिषामा विदेश पठाएको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बौद्धस्थित एड्भिका टुर्स एण्ड ट्राभल्सका संचालक बुद्ध लामा र हुम्ला घर भएका २६ वर्षीय कमलराज हमाल छन् ।

    ३२ वर्षीय बुद्ध लामा मकवानपुरको हेटौंडा उप महानगरपालिका-१० का स्थानीय हुन् । उनलाई मंसिर ३० मा बल्खुबाट र हमाललाई पुस २ मा सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए । उनीहरुलाई कानुनी कारवाहीका लागी प्रहरी वृत्त गौशालामा राखिएको छ ।

    नक्कली कागजात बनाएर भिजिट भिषामा विदेश पठाएको आरोपमा पक्राउ पर्नेहरुको संख्या ३६ पुगेको छ । पक्राउ पर्नेमा अध्यागमन र नेपाल वायुसेवा निगमका अधिकृतहरु पनि छन् । असोज १७ बाट प्रहरीले २ सय ४६ थान शंकास्पद पासपोर्ट संकलन गरेर त्यसबारे अनुसन्धान गरिरहेको छ ।

    एजेन्ट, कन्सल्टेन्सी र ट्राभल एजेन्सीहरुले नक्कली कागजात बनाएर एयरलाइन्सलाई १५ हजारसम्म र अध्यागमनका कर्मचारीलाई ५५ हजारसम्म घुस दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ