• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    माइतीघरमा प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले लियो नियन्त्रणमा

    4.7K
    SHARES



    काठमाडौँ। माइतीघरमा प्रदर्शन गर्न पुगेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेको मानवअधिकारकर्मी र अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण कृष्ण पहाडी लगायत १५ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन् ।

    ‘१३ पुरूष र दुई महिलालाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखेका छौं,’ उनले भने । स्थानीय प्रशासनले मंसिर ५ गते माइतीघरलाई एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो ।

    बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले थप २ महिनाका लागि माइतीघरलाई निषेधित क्षेत्र तोकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ