• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विराटनगर विमानस्थलको रनवेमा कसरि पुग्यो कुकुर ?

    1.1K
    SHARES



    विराटनगर । विराटनगर विमानस्थलको रनवेमा कुकुर छिरेपछि केही समय उडान- अवतरण प्रभावित भएको छ । बुधबार दिउँसो एक्कासी रनवेमा एउटा कुकुर देखिएको थियो ।

    कुकुर देखिएपछि केही समय उडान अवतरण रोकिएको थियो । रनवेमा देखिएको कुकुर लखेट्न विमानस्थलले साइरनसहितको गाडी प्रयोग गरेको थियो ।

    गाडीले पछ्याउँदा कुकुर रनवे वरिपरि भागिरह्यो । करिब १५ मिनेटको प्रयासपछि मात्रै कुकुरलाई विमानस्थलबाट बाहिर निकालिएको थियो ।

    कुकुर लखेट्न समय लागेपछि बुधबार दिउँसो बुद्ध एयरको विमान केही समय आकाशमै होल्ड गरिएको थियो ।

    विमानस्थलको टर्मिनल भवनको पश्चिमतर्फ देखिएको कुकुर कताबाट रनवेमा प्रवेश गर्यो भन्ने नखुलेको विराटनगर विमानस्थलका प्रवक्ता युवराज भण्डारीले बताए । कुकुर देखिएपछि तुरुन्तै निकालिएको बताउँदै उनले उडान अवतरणमा प्रभाव नपरेको बताए ।

    विमानस्थल क्षेत्रमा गरिएको तारबार भत्किएका कारण कुकुर र स्याल बेलाबेला प्रवेश गरेपछि उडान-अवतरण प्रभावित भइरहन्छ । २ वर्षअघि उक्त्त विमानस्थलको रनवेमा निलगाईको हुल देखिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ