• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

    1.1K
    SHARES



    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् ।

    न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् ।

    यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो । यस्तै, नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली सेनाले आफ्ना लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद उत्पादन गर्न नसक्नुको कारण माग गरेका छन् ।

    आज बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा सांसद पन्तले नेपाली सेनाले विस्फाेटक पदार्थका लागि पनि छिमेकी देशको भर पर्नुपर्ने अवस्था हो भन्दै प्रश्न गरेका हुन् ।

    उनले ढुङ्गा फोड्न, पड्काउन अरूको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । उनले बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था ताेड्नका लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ भन्दै प्रश्न गरे ।

    उनले, ‘मित्र राष्ट्र भारतबाट विस्फाेटक पदार्थको आपूर्ति हुन नसकेको, मित्र राष्ट्र चीनबाट विस्फाेटक पदार्थको आपूर्ति अहिले भइरहेकाे कुराले एउटा सेन्सेटिभ बनाएको छ । हाम्रो त यही सेना हो, यो सेनाले आफ्ना लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद पनि अहिलेसम्म उत्पादन गर्न सक्दैन ? अहिलेसम्म ढुङ्गा फोड्न, पड्काउन अरूको मुख ताक्नुपर्ने हो ? देश आत्मनिर्भर हुनुपर्दैन आफ्नो रक्षामा ? जाबो बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था ताेड्नका लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ ?’

    सांसद पन्तले कुनै बेला युद्धका लागि तयार हुनपर्ने भए कति दिनसम्म नेपाली सेनाले थेग्छ भन्दै प्रश्न पनि गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ