• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राप्रपाले फागुनमा देशभर आन्दाेलन गर्ने

    1.1K
    SHARES



    काठमाण्डाै। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदाे फागुन महिनामा देशभर आन्दाेलन गर्ने घाेषणा गरेकाे छ ।

    गएकाे आइतवारदेखि शुरु भएर आज मङ्गलवार सकिएकाे केन्द्रीय कार्यसमितिको बैठकले देशरभ आन्दाेलन गर्ने घाेषणा गरेकाे प्रवक्ता एवम् प्रचार विभाग प्रमुख माेहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    बैठकले पुस, माघमा देशभर सभा र तयारीका काम गर्ने निर्णय पनि गरेकाे प्रवक्ता श्रेष्ठले बताए । फागुनमा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्न निर्णय गरेको छ । आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेकाे श्रेष्ठले बताएका हुन् ।

    यस्तै बैठकले डा. धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, पार्टीका कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको प्रचार तथा प्रसार समिति गठन गरेको छ ।

    बैठकमाकोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन, सचिवालयका प्रतिवेदनलगायत प्रदेश कार्यसमितिका प्रतिवेदन परिमार्जनसहित पारित गर्ने निर्णय भएको छ ।

    बैठकले जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्प प्रभावित परिवारलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया