• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिविको दीक्षान्त समारोह गिनिज वर्ल्ड रेकर्डबाट अवलोकन गरिँदै

    5K
    SHARES



    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई गिनिज बुक अफ द वर्ल्डले अवलोकन गर्दैछ ।

    धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले गिनिज बुकलाई रेकर्डका लागि अनुरोध गरेको थियो । सोहीका लागि अवलोकन गर्न प्रतिनिधि टोली काठमाडौँ आएको हो ।

    टोलीले आजको दीक्षान्त समारोहको अवलोकन गर्नेछ । त्यसपछि वर्ल्ड रेकर्डका लागि अघि बढ्ने त्रिविले जनाएको छ । आजको दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जनाले अनलाइनमार्फत आवेदन भरेका थिए । गत वर्ष त्रिविबाट ७३ हजार बढी विद्यार्थी पास आउट भएका थिए ।

    यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

    दीक्षान्त समारोहका लागि विद्यार्थी तथा उनीहरुका अभिभावक रंगशालामा पुग्ने क्रम सुरु भएसँगै ट्राफिक व्यवस्था अस्तव्यस्त भएको हो ।

    त्रिपुरेश्वर तथा आसपासको क्षेत्रमा ट्राफिक चाप बढेपछि प्रहरीले कलंकी, कालिमाटी, तिनकुने तथा कोटेश्वरबाटै ठूला बसहरुलाई भित्र छिर्न दिएको छैन । जसले गर्दा यात्रुहरु मारमा परेका छन् ।

    त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि दशरथ रंगशालामा हुने समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी भने साढे १२ हजार रहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी गराएका छन् ।

    विद्यार्थीका अभिभावकसहित समारोहमा करिब २८ हजार उपस्थित हुने अनुमान छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया