• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिम्राैनगढ घटनाको विरोधमा पूर्व-पश्चिम राजमार्ग बन्द

    1.4K
    SHARES



    बारा । बाराको सिम्रौनगढ नगरपालिकामा एक युवकको मृत्यु भएको विषयलाई लिएर पूर्वपश्चिम राजमार्गको निजगढ खण्ड बन्द गरिएको छ ।

    शिक्षक कर्मचारीहरूले आफ्नो तलब माग गर्दै हडतालका क्रममा बुधवार प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका-१ का २५ वर्षका लक्ष्मी मुखियाको मृत्यु भएको थियो ।

    नेपाली काँग्रेस क्षेत्र नं १ को आयोजनामा शनिबार चक्का जाम गरिएको हो । शिक्षक कर्मचारीहरूले आफ्नो तलब माग गर्दै शान्तिपूर्ण हडतालमा प्रहरीले बल प्रयोग गरी हत्या भएको घटनामा २४ घण्टा बिते पनि माग सम्बोधन नभएपछि पूर्व-पश्चिम राजमार्गको निजगढमा टायर बालेर चक्काजाम गरिएको पार्टीले जनाएको छ ।

    शनिबार बिहानदेखि सुरु भएको राजमार्ग अवरुद्ध कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सिम्रौनगढका नगरप्रमुख किशोरी प्रसाद कलवारको पुत्ला दहन तथा राजीनामाको माग गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ