• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सेनाका उपरथी अशोक सिग्देल रथीमा बढुवा

    1.3K
    SHARES



    काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई रथीमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी गराएकी छन् ।

    सरकारको यो निर्णयसँगै सिग्देल हालका प्रधान सेनापति प्रभुराम शर्मापछि प्रधान सेनापति बन्ने सम्भावना बढेको छ । यसअघि सेनाले ताराध्वज पाण्डेलाई रथी बढुवा गर्न सूचना जारी गरेको थियो । तर, उनले जन्ममिति विवादका बीच राजीनामा दिएका थिए ।

    पाण्डेको राजीनामासँगै सिग्देल बढुवाका लागि दाबेदार बनेका थिए । रथी बढुवाका लागि दोस्रो पटक जंगीअड्डाले सिग्देललाई अघि सारेको थियो । जंगीअड्डा हुँदै गएको प्रस्ताव रक्षा मन्त्रालय हुँदै बिहीबार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

    अघिल्लो पटक रक्षामन्त्री विदेश भ्रमणमा भएकाले उनको बढुवासम्बन्धी निर्णय भने भएको थिएन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ