• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    महानगरभित्र सुर्तीजन्य पदार्थ बेचे पसल नै बन्द गर्ने चेतावनी

    1.3K
    SHARES



    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र मंसिर २८ गतेदेखि सुर्तीजन्य पदार्थको बेचबिखनमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ ।

    बुधबार पत्रकार सम्मेलन गर्दै महानगरका प्रवक्ता नवीन मानन्धरले त्यसका लागि महानगरभित्रका सबै पसलमा अनुगमन गरिने र अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ पाए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटिएपछि पसल नै बन्द गर्ने जानकारी गराएका छन् ।

    अनुगमनका लागि महानगरले महानगरका ४ क्षेत्रमा १० जना गरी पहिलो चरणमा ५० जना नगरप्रहरी र सादा पोशाकका प्रहरी परिचालन गर्नेछ ।

    त्यस्तै महानगरले सार्वजनिक स्थलमा धूम्रपान गरेको पाइएमा उक्त स्थानबाट बाहिर निकाल्ने र एक सय रुपैयाँ जरिवाना पनि गराउने छ । सार्वजनिक स्थलको एक सय मिटर वरिपरि सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न पनि नपाइने महानगरले जनाएको छ ।

    महानगरले यसअघि प्लाष्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने, रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थ विक्री वितरणमा निषेध गर्ने सूचना जारी गरेको थियो ।

    काठमाडौ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ सुर्तीजन्य पदार्थ (निरुपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार यो व्यवस्था लागु गर्न लागेको महानगरले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ