• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    नेपालसहित १५३ देशले गरे गाजामा युद्धविराम गर्ने राष्ट्रसंघीय प्रस्तावको पक्षमा मतदान

    1.7K
    SHARES



    काठमाडौँ। गाजामा तत्काल युद्धविराम गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावमा नेपालसहित १ सय ५३ मुलुकले पक्षमा मत दिएका छन् ।

    मंगलबार राष्ट्रसंघको आपतकालीन सभामा गरिएको युद्धविरामको प्रस्तावको पक्षमा नेपाल, भारत, चीनलगायत १ सय ५३ मुलुकले मतदान गरेका हुन् ।    गजामा तत्काल युद्धविराम गर्ने राष्ट्रसंघको प्रस्ताव बहुमतले पारित

    बहुमत देशले पक्षमा मतदान गरेपछि गाजामा तत्काल युद्धविराम गर्ने राष्ट्रसंघको प्रस्ताव पारित भएको भएको छ ।

    संयुक्त राज्य अमेरिकासहित १० देशले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका छन्। बेलायत, युक्रेन लगायत २३ देशहरू मतदानमा सहभागी भएनन् ।

    संयुक्त राष्ट्रसंघले गजामा युद्धविराम गरी तत्काल त्यहाँ मानवीय सहायता पुर्‍याउनुपर्ने र बन्धक बनाइएकाहरूलाई बिनासर्त छाड्नुपर्ने बताएको छ ।

    एकसाता अघि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युएइले गरेको गजामा युद्धविराम गर्ने प्रस्तावको पक्षमा १५ मध्य १३ देशले मतदान गरेपनि संयुक्त राज्य अमेरिकाले भिटो प्रयोग गरी निष्प्रभावी तुल्याएको थियो ।

    अक्टोबर ७ को आक्रमणलाई संयुक्त राष्ट्रसंघले निन्दा नगरेको भन्दै अमेरिकाले लगातार युद्धविरामको विपक्षमा मतदान गर्दै आइरहेको छ ।

    ठूलो संख्यामा नागरिकहरू मारिएपछि संयुक्त राष्ट्रसंघले यसअघि पनि युद्धविराम गर्ने आह्वान गरेको थि यो । गत नोभेम्बर २७ मा पनि गाजामा युद्धविराम गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावलाई १२० देशले पक्षमा मतदान गरेका थिए। त्यतिबेला ४५ देशहरूले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

    तर, संयुक्त राष्ट्रसंघको आह्वानलाई अस्वीकार गर्दै इसराइलले गजामाथि आक्रमणलाई निरन्तरता दिएको थियो । इसराइल-हमास लडाइँको ४८ दिनपछि गजामा युद्धविराम भएको थियो ।

    त्यतिबेला हमासले बन्धकमुक्त गर्ने र इसराइलले जेलमा रहेका प्यालेस्टिनियन नागरिकहरूलाई रिहा गर्ने तथा गजामा मानवीय सहायताहरू उपलब्ध गराउने सहमति भएको थियो  ।

    सात दिन भएको युद्धविराममा हमासले १३६ जना बन्दीलाई बन्धकमुक्त गरेको थियो। पछि हमासले बन्दीहरूलाई मुक्त नगरेको भन्दै इसराइलले पुनः गजामा आक्रमण सुरू गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ