• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेप्सेमा तेस्रो सर्किट लागेसँगै आजलाई कारोबार बन्द

    3.7K
    SHARES



    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तेस्रो सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको छ । लगातार तेस्रो पटक सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको हो ।

    नेप्सेमा ४ प्रतिशत वृद्धिसँगै २० मिनेटका लागि कारोबार बन्द भएको थियो । कारोबार खुलेको २ मिनेटमा नै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार खुलेको नेप्से त्यसको केही समयमा ६ प्रतिशत बढ्यो ।

    यससँगै, आज नेप्सेमा १११ अंकको वृद्धिसँगै १९ सय ६३ अंकमा पुगेर रोकिएको छ । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएपछि परिसूचक उच्च अंकले बढेर बन्द भएको हो ।

    यस क्रममा आज ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने १३ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ ।

    ५ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आउँदा ३० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    यस्तै, आज २२७ कम्पनीको सेयर मूल्य बढ्दा २ कम्पनीको भने घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ