• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एकैपटक लेखाका ३ सय ५२ जना कर्मचारीको सरुवा

    1.9K
    SHARES



    काठमाडौं । सरकारले लेखा समूहका कर्मचारीहरुको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले एकैपटक ३ सय ५२ जना कर्मचारीहरुको सरुवा गरेको हो ।

    महालेखाले उपसचिव (उपमहालेखा नियन्त्रक, प्रमुख लेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रक), लेखा तथा कोष अधिकृतसहित लेखापालहरुको सरुवा गरेको हो ।

    महालेखाले हिसाब भिडानको काम नसकिएकोसहित विभिन्न कारण देखाउँदै नियमित सरुवामा तोकिएभन्दा ढिलाइ गर्दै आएको छ ।

    निजामती सेवा नियमावलीअनुसार कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ गतेदेखि असोज १५ गतेभित्रमा सरुवा गर्नुपर्ने नियम रहेको छ ।

    त्यसकै आधारमा क्षेत्रीय (प्रदेश) स्तरका निकायहरुले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र सरुवाको निर्णय गर्नुपर्ने हुन्छ । तालिकाबाहेकको समयमा सरुवा गर्नु परेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था रहेको छ ।

    तर, गत वर्ष पनि महालेखाले १७ पुसमा मात्रै कर्मचारीहरुको नियमित लट सरुवा गरेको थियो । सोभन्दा अघिल्लो वर्ष ९ पुसमा यस्तो सरुवा भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया