• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट लाग्दैन- आन्तरिक राजस्व विभाग

    1.4K
    SHARES



    काठमाण्डौ। आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै थोक व्यवसायीले चार दिनदेखि हड्ताल गर्दै आएका छन् ।

    आज विभागले एक विज्ञप्ति निकालेर आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा भ्याट नलाग्ने भन्दै आपूर्ति असहज बनाएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

    चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने घोषणा गरेका थिए । आलु र प्याजको भ्याट विवादले आयात र बिक्री बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् ।

    व्यवसायीले सरकारले स्वदेशी उत्पादनमा समेत भ्याट लगाएको दाबी गरेका छन् । आयातकर्ता नै हड्तालमा उत्रिएपछि कालीमाटी फलफूल तथा तरकारी बजारमा अहिले आलु र प्याज भित्रिएको छैन । नेपालमा देशभित्र उत्पादन भएको बाहेक भारतबाट प्याज र बंगलादेशबाट आलु आयात हुन्छ ।

    यसैबीच भारत सरकारले प्याजको निर्यातमा लगाएको पूर्ण प्रतिबन्ध लगाएको छ । ३ महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो ।

    भारतको वाणिज्य एवम् उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले सन् २०२४ को मार्च ३१ तारिखसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको जनाएको छ ।

    तर अन्य देशका सरकारको आग्रहअनुसार भारत सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पनि सूचनामा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया