• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हेटौँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा ३२ वर्षीया निशाको मृत्यु, १ जना घाइते

    1.4K
    SHARES



    काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहागरपालिका वडा नम्बर-१५ रातोमाटेमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना ४ ख ९५२० नम्बरको बसले ना ५३ प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-१२ बस्ने ३२ वर्षीया निशा कुमारीको ज्यान गएको हो । निशा मोटरसाइकलमा सवारथिइन् ।

    मोटरसाइकलका चालक निशाका श्रीमान ४३ वर्षीय रोशनकुमार राय घाइते भएका मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी गराएका छन् ।

    घाइते रायको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया