• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विराटनगरमा आगलागी, २ जनाको मृत्यु

    1.5K
    SHARES



    काठमाडौँ। विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ ।

    आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । शव नचिनिने अवस्थामा रहेको छ ।

    यसअघि आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका विराटनगर ६ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको थियो ।

    न्युरोमा उपचार गराइरहेका अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

    उनीहरुको शरिरमा ८० प्रतिशतभन्दा धेरै जलेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ । घाइतेमध्ये कोशी अस्पतालमा उपचार गराइरहेका एक जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । अहिले आगो भने नियन्त्रण भइसकेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ