• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राजधानीबाट यौनधन्दामा लगाइएका ३ नाबालिगको उद्धार

    3.2K
    SHARES



    काठमाडौँ । यौन धन्दामा लगाइएका ३ जना नाबालिगहरूलाई प्रहरीले उद्धार गरेको छ ।

    कलङ्की र नयाँ बसपार्कबाट ३ जना नाबालिगहरूलाई उद्धार गरिएको मानव बेचबिखन ब्यूरोका एसपी कृष्ण पंगेनीले बताए ।

    नाबालिगलाई यौन धन्दामा लगाएको आरोपमा ब्यूरोले गेष्ट हाउस सञ्चालिकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ घर भएकी पूजा राना उर्फ सपना तामाङ छिन् । २५ वर्षीया पूजाले नयाँ बसपार्क स्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालन गरेकी छन् ।

    मङ्सिर १४ मा उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको एसपी पंगेनीले बताए । प्रहरीले उनीविरुद्ध मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    आरोपीले आर्थिक अवस्था कमजोर भएका ग्रामीण भेगका महिलाहरूलाई आकर्षक सुविधा सहित काममा लगाउने आश्वासन दिएर काठमाडौँमा बोलाउने र यौनधन्दामा लगाउने गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

    कलङ्की र नयाँ बसपार्कको गेष्ट हाउसमा राखेर ती नाबालिगहरूलाई जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुलेको एसपी पंगेनीले बताए । पूजा रानाले विगत १० महिनादेखि सो काम गरेको खुलेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ