• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

    1.2K
    SHARES



    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।

    न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

    भुटानी शरणार्थी नेता रिजालको पक्षका कानुन व्यवसायीले मानव तस्करीमा ‘असहयोग’ गरेका कारण रिजाललाई फसाइएको तर्क गरेका थिए ।

    नक्कली शरणार्थीका नाममा भइरहेको मानव तस्करी तहको किर्तेबारे अवगत गराउने नेतालाई नै ‘असहयोगी’ व्यवहार गरिएको उनका कानुन व्यवसायीको दलिल थियो ।

    काठमाडौं जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरीपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमा गत मंगलबारदेखि नियमित सुनुवाइ जारी थियो । सुनुवाइ बिहीबार सकिए पनि फैसला भने शुक्रबार मात्रै आएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ