• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भुकम्प प्रभावितको राहत र पुर्ननिर्माणका लागी क्रान्तिकारीको टोली जाजरकोटमा

    1.2K
    SHARES



    काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भुकम्प प्रभावित लाई राहत सामग्री बितिरण गर्न भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको छ  ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय संयोजक मिलन राई नेतृत्वको स्वयंसेवक टोली भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको हो ।

    भूकम्प प्रभावित क्षेत्रको उद्धार र पुर्ननिर्माणको लागी क्रान्तिकारीका केन्द्रीय संयोजक राईको नेतृत्वमा गएको विद्यार्थी स्वयंसेवकहरुको टोलि राहत सामग्री सहित भूकम्प प्रभावित क्षेत्र तर्फ गएको हो ।

    भूकम्पको मुख्य प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका अती भुपकम्प प्रभावित गाउँबस्तीहरुमा विद्यार्थीको स्वयंसेवक टोली पुर्ननिर्माण अभियानमा खटिने अखिल (क्रान्तिकारी) का केन्द्रीय सह-संयोजक विरेन्द्र शाहले बताए ।

    नेता शाहका अनुसार संगठनका संयोजक राईको नेतृत्वमा देशभरका भौगोलिक तथा गैरभौगोलिक प्रदेशबाट प्रतिनिधित्व हुँने गरेर विद्यार्थी नेताहरु स्वयंसेवक टोलिमा सहभागी बन्नेछन ।

    भूकम्प प्रभावित क्षेत्रमा पहिलो चरणको स्वयंसेवक टोलि पश्चात दोस्रो, तेस्रो गरेर क्रमशः रुपमा स्वयंसेवक टोलि भूकम्प प्रभावित क्षेत्रमा पठाउने कार्यक्रम तय गरिएको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालयले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ