• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    निष्क्रिय जिमेल अकाउन्ट आउँदो शुक्रबारदेखि सदाका लागि डिलिट हुने

    3.3K
    SHARES



    काठमाडौं । आउँदो शुक्रबार अर्थात् १ डिसेम्बरदेखि निष्क्रिय गुगल अकाउन्ट बन्द हुने भएका छन् ।

    ‘गुगल इनएक्टिभ अकाउन्ट पोलिसी’ अन्तर्गत दुई वर्षदेखि निष्क्रिय रहेका गुगल (जिमेल) अकाउन्ट सधैंका लागि बन्द हुन लागेका हुन् ।

    गुगलको प्रोडक्ट म्यानेजमेन्टकी उपाध्यक्ष रुथ क्रिचेलीका अनुसार बिर्सिएका वा निष्क्रिय रहेका अकाउन्टमा पुरानो वा पुन: प्रयोग गरिएका पासवर्ड हुने, टू फ्याक्टर अथेन्टिकेसन सेटअप नहुने र प्रयोगकर्ताले सुरक्षा मापन नगर्ने भएकाले डिलिट गर्न लागिएको हो ।

    त्यस्तै सक्रिय अकाउन्टको तुलनामा निष्कृय अकाउन्टमा टू फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने सम्भावना १० गुणाले कमी हुने र स्प्याम, मालिसियिस कन्टेन्ट फैलाउन त्यस्ता अकाउन्ट प्रयोग हुन सक्ने उनले बताएकी छिन् । सोहीकारण डिलिट भएका जिमेल अकाउन्ट पुनः सिर्जना नहुने गरी बन्द गर्न लागिएकाे उनले जानकारी दिइन् ।

    यससँगै निष्कृय अकाउन्टसँग सम्बन्धित ड्राइभ, गुगल फोटो, डक्स फाइल सबै डिलिट हुने छ । यद्यपि डिलिट गर्नुअघि सबै गुगल अकाउन्टमा पटक पटक रिमाइन्डर ईमेल पठाइने गुगलले बताएको छ ।

    साथै निष्क्रिय रहेका सबै अकाउन्टलाई गुगलले एकैपटक डिलिट नगरी चरणबद्ध रुपमा गर्ने भएको छ । जसअन्तर्गत अकाउन्ट खोलेर कहिल्यै प्रयोग नभएका अकाउन्टहरू सुरुवाती चरणमा डिलिट हुनेछन् । तर गुगल प्रोडक्स वा सब्सक्रिप्सन खरिद गर्न प्रयोग गरिएका वा संस्थाहरूसँग सम्बन्धित अकाउन्ट डिलिट हुने छैनन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ