• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भुटानसँग नेपाललाई साढे २७ करोड व्यापार घाटा

    1.1K
    SHARES



    काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ४ महिनाको अवधिमा भुटानसँगको व्यापारमा नेपालले करोडौं घाटा बेहोरेको छ ।

    भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालले भुटानसँग २७ करोड ५७ लाख रुपैयाँको घाटा बेहोरेको हो ।

    यस अवधिमा नेपालले भुटानबाट ४५ करोड ३३ लाख रुपैयाँको वस्तु आयात गरेको छ । जबकि, सोही समयमा नेपालबाट भुटानतर्फ १७ करोड ७६ लाख रुपैयाँको निर्यात गरेको छ । नेपालले भुटानबाट ठुलो मात्रामा औद्योगिक कच्चा पदार्थको आयात गर्छ ।

    कात्तिकसम्मको अवधिमा सिमेन्ट उद्योगमा प्रयोग हुने जिप्समको आयातमा ४३ करोड ९६ लाख रुपैयाँ बाहिरिएको छ ।

    नेपालले भुटानबाट सबैभन्दा धेरै आयात गर्ने वस्तु नै जिप्स हो । यसबाहेक, प्लास्ट्र्स, अगरबत्ती र काठबाट बनेका वस्तुको आयात गर्छ ।

    नेपालबाट भने भुटानतर्फ पास्ता, कुरकुरे, कुरमुरे, लेज र चिजबल्स, फलामेरडको कच्चा पदार्थ, गार्मेन्टका सामाग्री लगायतका वस्तुको निर्यात हुन्छ । यसमध्ये पास्ता र औद्योगिक कच्चा पदार्थ भुटानतर्फ निर्यात हुने मुख्य वस्तु हुन् । यस्तै, सुन र चाँदीबाट बनेका गरगहना समेत भुटानतर्फ निर्यात गरिन्छ ।

    साङ्गीतिक वस्तु र पेन्टिङ्स लगायतका वस्तुको निर्यात समेत भुटानतर्फ हुने गरेको विभागले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ