• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तालाई २ वर्ष कैद सजाय

    3.3K
    SHARES



    काठमाडौँ। जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि ३ वर्षअघि आक्रमण गर्ने नेविसंघका ६ कार्यकर्तालाई जनही २ वर्ष कैद सजाय र २० हजार जरिवाना साथै २८ लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

    न्यायाधीश विनोद खतिवडाको इजलासले ६ जनालाई कैद र जरिवाना गरेको साथै १ जनालाई सफाइ दिएको जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिएका छन् ।

    उनका अनुसार जिल्ला अदालतले हरि आचार्य, योगेन्द्र रावल, सयुज श्रेष्ठ, निरज रानामगरलाई दुई वर्ष कैद सजाय गरेको छ भने दिपक ओझालाई भने सफाइ दिएको छ ।

    यसैगरी, चलाउनेको उपचारमा लागेको २८ लाख १७ हजार रुपैयाँ क्षतिपूर्ति ६ जनाबाट बराबर भराउन अदालतले भनेको हो । चलाउनेले जिल्ला अदालतको फैसलाले आफूलाई आंशिक न्याय मिलेको प्रतिक्रिया दिए ।

    ‘उनीहरूले त मेरो ज्यान मार्ने योजनाका साथ आक्रमण गरेका थिए। त्यसैले ज्यान मार्ने उद्योगमा कसुर सावित हुनुपर्छ भन्ने जिकिर थियो। कुटपिटमा २ वर्षमात्र कैद सजाय हुने फैसला भएको छ। यसले मलाई आंशिक न्याय भयो। अब उनीहरूलाई तुरून्तै जेल हाल्नुपर्छ भन्ने मेरो माग छ,’ उनले भने।

    प्रेम चलाउनेमाथि २०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालयमा कुटपिट भएको थियो। उनीमाथि सयुजसहित सात जनाले कुटपिट गरेका थिए ।

    नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझाले कुटपिट गरेको आरोप थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ