• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नवनियुक्त मुख्य न्यायाधीशहरुले लिए शपथ

    1.5K
    SHARES



    काठमाडौं । उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरुले बिहीबार (आज) पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    ५ मंसिरमा बसेको न्याय परिषदको बैठकले ६ जना मुख्य न्यायाधीशहरु नियुक्ति सिफारिस गरेको थियो ।

    उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलमा शान्ति सिंह थापा मुख्य न्यायाधीश सिफारिस भएका थिए ।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरुलाई मुख्य न्यायाधीशमा नियुक्त गरी बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ