काठमाडौँ। काठमाडौंको बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा बल्खु क्षेत्रमा बिहीबार दिउँसो भएको कार्यक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको हो ।
नेकपा एमाले को भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ र अनेरास्ववियुका केही कार्यकर्ता पनि बल्खु क्षेत्रमा पुगेका थिए ।
युवा संघ र अनेरास्ववियुका कार्यकर्ता तथा प्रसाईंको कार्यक्रममा आएकाहरूबीच झडप हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाएको थियो । त्यसबीचमा प्रदर्शनकारीहरू प्रहरीसँग जाइलागेपछि धकेलाधकेल भएको हो । प्रदर्शनकारीहरूले पानीका बोत्तलले प्रहरीलाई प्रहार गरेका थिए ।
प्रतिक्रिया