• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भिजिट भरतपुर- २०२४ को तयारी तीव्र

    1K
    SHARES

    काठमाडौँ । भरतपुर महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजना तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतको सहकार्यमा ‘भिजिट भरतपुर-२०२४ अभियान हुने भएको छ । त्यसका लागि आवश्यक तयारी तीव्र बनाइएको छ ।

    धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ यो अभियान सञ्चालन गर्न लागिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

    बुधवार भिजिट भरतपुर २०२४ को तयारीबारे जानकारी दिन पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकहरुलाई मध्यनजर गरी पर्यटन ऐन संशोधनको प्रक्रियामा रहेको बताइन् ।

    उनले पर्यटन क्षेत्र कच्चा पदार्थ भएकाले यसबाट नेपालले धेरै कुराहरु बनाउन सक्नुपर्ने बताइन् । उनले नेपालमा पर्यटनको सम्भावनालाई विकासमा जोड्नुपर्ने बताइन् ।

    उनले नेपालमा पर्यटनको उपलब्धि भनेअनुसार नहुनुमा पर्यटन नीतिहरु पनि कारक रहेको भन्दै अहिले सरकारले पर्यटन नीति संशोधन गरिरहेको बताइन् । उनले पर्यटकहरुलाई नेपालमा ल्याएर धरै दिन कसरी राख्ने र के देखउने भन्नेबारेमा छुट्टै तालिका बनाउन जरुरी रहेको बताइन् ।

    उनले भनिन्, ‘पर्यटक भनेको एउटा उद्योग पनि हो । यो कच्चा पदार्थ हो । हामीले यसबाट धेरै कुराहरु बनाउन सक्छौँ । हाम्रा सम्भावनालाई हामीले विकासमा नजोड्ने वा सम्भावनाको उपलब्धि कतै न कतै भनेजसरी हाम्रो हातमा नआउने भनेको हाम्रा कतिपय नीतिहरुले पनि हो । पर्यटन ऐन पनि संशोधनको प्रक्रियामा छ । हामी त्यसलाई विज्ञको सुझाव लिएर लामो दशकसम्म आम मान्छेको जीवनमा सरल बनाउने, आम पर्यटकहरुले त्यसलाई सरलीकृत गरेर अनुभव गर्नेगरी संशोधनको प्रक्रियामा अघि बढेको छ । पर्यटकहरुलाई नेपालमा ल्याएर धरै दिन राख्ने कुरामा यसले मद्दत गर्नेछ । पर्यटकहरु एउटा चिजमा टार्गेट गरेर आइसकेपछि कहाँ लैजाने भन्ने लक्ष्य राख्नुपर्छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकहरुलाई एउटा सर्किटमा विकास गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्छ ।’

    राज्यमन्त्री सिर्पालीले प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकहरुलाई एउटा सर्किटमा विकास गरेर पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको बताइन् ।

    कार्यक्रममा भरतपुर महानगरपालिकाबाट उपप्रमुख चित्रसेन अधिकारीसहित सरोकारवालाहरुको सहभागिता रहेको गैरआवासीय नेपाली संघका उपमहासचिव तथा भ्रमण वर्ष, २०२४ अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक सोम सापकोटाले जानकारी दिए । भ्रमण वर्ष जनवरीमा विशेष समारोहका बीच घोषणा गर्ने भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ