• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चैत मसान्तसम्ममा ४ हजार भन्दा बढी शिक्षकको पद रिक्त हुने

    1.6K
    SHARES

    काठमाडौँ । आगामी चैत मसान्तसम्ममा देशभरबाट ४ हजार भन्दा बढी स्थायी शिक्षकको पद रिक्त हुने देखिन्छ ।

    २०८० को वैशाखदेखि २०८० को चैतसम्म प्रावि, निमावि र मावि तहका ४ हजार ३ सय २५ शिक्षकको पद रिक्त हुन लागेको हो ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त रिक्त पदको विवरण यकिन गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।

    केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार प्रावि तह तर्फ ३ हजार १ सय ७९ शिक्षक पद रिक्त हुनेछ । त्यस्तै निमावि तहमा ७ सय ४४ र मावि तहमा ४ सय २ पद रिक्त हुनेछ ।

    निमावि तर्फ नेपाली विषयका १ सय १३ जना शिक्षकको पद रिक्त हुनेछन् भने । त्यस्तै अङ्ग्रेजीका १ सय ६४, गणितका १ सय ३६, गणित विज्ञानका ४०, विज्ञान १ सय ६९, सामाजिक अध्ययन १ सय १९, ऐच्छिक प्रथमका १ गरी ७ सय ४४ शिक्षकको पद रिक्त हुन लागेको हो ।

    त्यस्तै मावि तर्फ नेपालीका ६३ जना, अङ्ग्रेजीका ७०, गणितका ८७, विज्ञानका १ सय ९, सामाजिक अध्ययनका ४७, ऐच्छिक प्रथम ९ र ऐच्छिक द्वितीय १७ गरी ४ सय २ शिक्षक पद रिक्त हुने केन्द्रले जनाएको छ ।

    केन्द्रले सार्वजनिक गरेको विवरणमा संशोधन गर्नुपर्ने भएकोमा कारणसहित सूचना प्रकाशित भएको ७ दिनभित्रमा पेस गर्न भनेको छ ।

    संशोधनको लागि कुनै विवरण नआएको खण्डमा अहिले सार्वजनिक गरेको विवरण नै शिक्षक सेवा आयोगलाई पठाइने जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ