• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

झन्डै २४ अङ्कले घट्यो शेयर बजार

1.9K
SHARES



काठमाण्डाै । शेयर बजार आज मङ्गलवार झन्डै २४ अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज २३.८२ अङ्कले घटेर १ हजार ८ सय २९.६५ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीका शेयर झन्डै १० प्रतिशत र मिथिला लघुवित्तको शेयर झन्डै नौ प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर भने ८ प्रतिशतले बढेको छ ।

बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ३६ लाख ७५ हजार कित्ता शेयर ९५ करोड ४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको सात करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ