• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हाइड्रोजन कार चलाउन नेपालकै पानी र बिजुलीबाट इन्धन तयार पारिँदै

    1.2K
    SHARES



    काठमाडौं । नेपालमा पहिलाे पटक भित्रिएकाे हाइड्रोजन कारका लागि स्थानीय स्रोत-साधन नै प्रयोग हुने भएको छ ।

    गत कात्तिकमा काठमाडौं विश्वविद्यालयले भित्र्याएकाे हाइड्रोजन कारका लागि आवश्यक पर्ने इन्धन यहाँको पानी र बिजुलीबाट तयार पारिने भएकाे हाे ।

    विश्वविद्यालयका सहप्राध्यापक तथा ग्रीन हाइड्रोजन ल्याबका निर्देशक विराज सिंह थापाका अनुसार यसका लागि विश्वविद्यालयले आफ्नै डिजाइनमा रिफिल सेन्टर जडान गर्ने काम गरिरहेको छ ।

    विगत ३ वर्षदेखि नेपालमा यस क्षेत्रको सम्भाव्यता अनुसन्धान गरिरहेको विश्वविद्यालयले रिफिल सेन्टरका सामग्रीहरू तीन महिनाको समय लगाएर जापानबाट भित्र्याएको उनले बताए ।

    “रिफिल सेन्टर जडान गरेपछि त्यहाँका मसिनहरू बिजुलीमार्फत पानी टुक्र्याएर कच्चा हाइड्रोजन बनाउँछन् । उक्त हाइड्रोजनलाई प्रशोधन गरेर इन्धनयोग्य बनाइन्छ ।

    त्यसपछि प्रशोधित हाइड्रोजनलाई उच्च चाप भएको ट्याङ्कमा भण्डार गरिन्छ । त्यसलाई पछि हाइड्रोजन नोजल (डिस्पेन्सर) बाट गाडीमा इन्धनका रूपमा हालिन्छ,” सहप्राध्यापक थापा भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया