• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कैलालीमा मिनी ट्रक दुर्घटना- ५८ वर्षीया महिलाको मृत्यु, १७ घाइते

    1K
    SHARES



    काठमाडौँ।  कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । गोदावरी नगरपालिका-४ मा सोमबार साँझ से १ ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    दुर्घटनामा डोटीको जोरायल गाउँपालिका-२ की ५८ वर्षीया शोभा बिकको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते १७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनापछि ट्रक चालक फरार छन् । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    यस्तै, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कलुवापुर- बेलौरी सडकखण्डको कालोपत्रे गर्ने कार्यलाई चाँडै अगाडि बढाइने बताएका छन्।

    शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै उनले चुनावका बेला सडक कालोपत्रे गर्ने प्रतिबद्धता गरेको कुरालाई नबिर्सिएको बताए। ‘सडकको अवस्थाबारे मलाई राम्ररी थाहा छ’, उनले भने, ‘अबेर जरुर भएको छ, अन्धेर हुन दिदैनौँ।’

    सडकको क्षेत्राधिकार कायम गर्नेबारे नगरपालिकाले समन्वय गर्नुपर्ने उल्लेख गर्दै उनले कालोपत्रका लागि सुदूरपश्चिम प्रदेशका मुख्य सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र निर्माण व्यवसायीलाई निर्देशन दिइसकेको बताए । सडककै लागि गुनासो सुन्नु नपरोस् ठेक्का सम्झौता बमोजिमको कार्य निर्धारित समयभित्रै पूरा गर्न गराउनका लागि निर्माण व्यवसायी र सम्बद्ध पक्षसँग कुरा गरेको उनले बताए ।

    ‘सडक कालोपत्रे नहुँदा हिउँदमा धुलाम्मे र वर्षातका बेला हिलाम्मे हुने कुराबारे जानकार छु’, उनले भने, ‘चिन्ता र चासो लिएर यस कार्यलाई काठमाडौँ फर्केपछि तत्काल अगाडि बढाउन लगाउछु ।’ नगरपालिकामा निर्माण हुँदै गरेको फोहरमैला व्यवस्थापन केन्द्रमा फोहर प्रशोधन गर्ने ठूला मेसिन राखेर व्यवस्थित गरिने उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया