• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ३७ जना विद्यार्थी बोकेको बस इलाममा दुर्घटना

    2.8K
    SHARES



    विराटनगर । शैक्षिक भ्रमणको शिलशिलामा इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको छ ।

    धनुषाको जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका- ३ कोल्बुङमा दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक बासुदेव खतिवडाका अनुसार ना ६ ख ८४२४ नम्बरको बस मेची राजमार्गबाट करिब तीन सय मिटर तल झरेको थियो ।

    बेलुका साढे ५ बजे दुर्घटनामा परेको बसमाा ३७ जना सवार रहेको उनले बताए । बसमा सवार मध्ये ३६ जनाको उद्दार गरी उपचारका लागि विर्तामोड पठाइएको छ ।

    बसमा च्यापिएका थप एक जनाको उद्धार गर्ने प्रयास भइरहेको उनले बताए । ‘बसमा सवार ३६ जनाको उद्दार गरी उपचारका लागि पठाएका छौं,’ उनले भने,‘ केही सामान्य र केही गम्भीर घाइते छन् ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया