• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    च्याटजीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यान बर्खास्त

    1.1K
    SHARES



    काठमाडौं । चर्चित एआई च्याटबट च्याटजीपीटी निर्माण गर्ने ओपनएआईका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यान बर्खास्तमा परेका छन् ।

    कम्पनीले एक ब्लगपोस्ट सार्वजनिक गर्दै शुक्रबार बसेको कम्पनीको बोर्ड बैठकले सीईओबाट उनलाई बर्खास्त गरेको जानकारी गराएका हुन् ।

    कम्पनीले जारी गरेको ब्लगपोस्टमा ओपनएआई चलाउनसक्ने थप क्षमता उनमा नभएको र बोर्डसँग उनी इमान्दार नभएको भनेको छ ।

    उनको बर्खास्तीसँगै ओपनएआईका अध्यक्ष तथा सहसंस्थापक ग्रेग ब्रकम्यानलाई पनि बोर्डले कम्पनीमा रहने गरी अध्यक्ष पदबाट हटाएको छ ।

    त्यस्तै उनको बर्खास्तीले एआई क्षेत्रका सबैलाई अचम्मित पारेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले लेखेका छन् । यता ओपनएआईले भने प्रमुख प्रविधि अधिकृत (सीटीओ) मिरा मुरातीलाई कार्यवाहक सीईओमा नियुक्त गरेको र चाँडै स्थायी सीईओ नियुक्त गर्ने बताएको छ ।

    ओपनएआईले गत नोभेम्बर २०२२ मा च्याटजीपीटी सार्वजनिक गरेपछि अल्टम्यान एआई क्षेत्रमा थप चर्चित बनेका छन् । आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) तयार पार्ने लक्ष्यका साथ सन् २०१५ देखि उनी ओपनएआईमा जोडिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ