• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बैतडीमा जीप दुर्घटना- एक जनाको मृत्यु, पाँच घाइते

    890
    SHARES



    बैतडी। बैतडीको दोगडाकेदारमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

    ज्यान जानेमा दोगडाकेदार गाउँपालिका-८ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेको खोचलेक प्रहरीचौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिनुभयो । विष्टको घटनास्थलमै ज्यान गएको थियो ।

    कालागाउँबाट सिल्लेगडातर्फ जाँदै गरेको से १ ज ६०३ नम्बरको जीप आज दोगडाकेदार-३ घोडेधार नजिकै दुर्घटनामा परेको हो ।

    यस्तै कालागाउँकै ३० वर्षीया कलावती विष्ट, ४५ वर्षीया हिरा विष्ट, चार वर्षीय रियाग विष्ट, सात वर्षीया सुशीला विष्ट र ६० वर्षीय पद्म विष्ट घाइते भएका छन् ।

    घाइतेमध्ये कलावती र हिराको अवस्था गम्भीर रहेको बैतडी प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

    गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ