• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    टिकटक प्रतिबन्ध विरुद्ध परेका रिटमाथि कहिले हुन्छ सुनुवाई ?

    1.7K
    SHARES



    काठमाडौँ । टिकटक प्रयोगमा रोक लगाउने नेपाल सरकारको निर्णयविरूद्ध परेका रिट निवेदनमाथि आगामी मंसिर ४ गते सुनुवाइ हुने भएको छ । आज शुक्रबार दर्ता भएका आठ ओटा रिट निवेदनका लागि सर्वोच्च अदालतले पहिलो पेशी तोकेको हो ।

    दर्ता भएका सबै रिटउपर एक जना न्यायाधीशको एकल इजलासमा सुनुवाइ हुने बताइएको छ । गत सोमवारको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सद्‍भाव बिगारेको भन्दै नेपालमा टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । यसलगत्तै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।

    सरकारको कदमपछि वाक तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध सरकार अगाडि बढ्न खोजेको भन्दै सार्वजनिक वृत्तमा आलोचना र विरोध भइरहेको छ ।

    यसै सन्दर्भमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल, डा. सुनील रञ्जन सिंह, सरिता थापा लगायतले सरकारको निणय खारेजीको माग राख्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ