• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अछाममा टेम्पो दुर्घटना, चालकसहित २ जनाको मृत्यु

    1K
    SHARES



    काठमाण्डौ । अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । कमलबजारबाट दैलेखका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।

    दुर्घटनामा टेम्पो चालक कमलबजार नगरपालिका-४ का दीपक बोहरा र वडा नम्बर २ का जनक खड्काको ज्यान गएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताएका छन्  ।

    अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका वडा नम्बर-४ का दिपक बोहरा र वडा नम्बर २ का जनक खड्काको उपचारको लागी जिल्ला अस्पताल अछाम ल्याउने क्रममा बाटोमै मृत्युु भएको हो ।

    टेम्पो ब्रेक फेल भएर सडक बाट ५० मिटर तल खसेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ