• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जुवाखालबाट पूर्वजर्नेलसहित ८ जना पक्राउ

    2.7K
    SHARES



    ललितपुर । जुवाखालबाट नेपाली सेनाका एक पूर्वउपरथीसहित ८ जनालाई पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर, ललितपुरले जुवाखालमा छापा मारेर नेपाली सेनाका एक जना पूर्वउपरथीसहित ८ जनालाई पक्राउ गरेको हो ।

    प्रहरी स्रोतका अनुसार आज मंगलबार प्रहरीले चलाएको विशेष अपरेशनमा पूर्वउच्च सैनिक अधिकृतसहित ललितपुरका केही व्यवसायीहरु पक्राउ परेका हुन् । अनुसन्धान अधिकृतहरुका अनुसार, ती पूर्वउपरथीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए ।

    ‘पहिले घरमै खेलाउने गरेको सूचना थियो, तर खोजी हुन थालेपछि अहिले क्लासिक टावरको ए ब्लकमा खेलाउने गरेका रहेछन्’, स्रोतले भन्यो, ‘जुवा ऐनअन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान गर्छौं ।’

    प्रहरीले उनीहरुको साथबाट १६ लाख ८२ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ