• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जुवा खेलिरहेको अवस्थामा कञ्चनपुरबाट ४२ र काठमाण्डाैबाट १७ जना पक्राउ

    2.3K
    SHARES



    काठमाडौँ । कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

    सोमबार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका-१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी ३ लाख ५ हजार भन्दा बढी नगद रकमसमेत बरामद गरिएको जानकारी गराएका छन् ।

    यस्तै, जिल्ला प्रहरी परिसर काठमाण्डाै मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवा खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

    प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज मङ्गलवार चार लाख रुपैयाँ तथा कौडा र ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता कुमोध ढुङ्गानाका अनुसार साँखु प्रहरी प्रभागबाट खटिएको टोलीले शङ्खरापुर नगरपालिका–१ नाङलेभारेको दुई ठाउँबाट १७ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ