• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    टिकटकको वेब भर्सन बन्द

    4.5K
    SHARES



    काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द भएको छ । सरकारको निर्णयसँगै नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गरेपछि नेपाल टेलिकमका सबै प्रयोगकर्ताहरुका एप र वेबमा नै बन्द भइसकेको छ ।

    वल्र्ड लिंकले वेब भर्सन भर्खरै बन्द गरेको हो । अब एप भर्सनपनि बन्द हुन लागेको वल्र्ड लिंकले जनाएको छ । अरु सेवा प्रदायकहरुलेपनि बन्द गर्दैछन् ।

    सोमबार बसेको मन्त्रिपरिषदको निर्णयपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई बन्द गर्न पत्राचार गरिसकेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए। उनका अनुसार टिकटक बन्द गरेको बारे मुख्यालयलाई पनि खबर गरिएको छ।

    ‘हामीले सबै इन्टरनेट प्रदायक संस्थाहरूलाई पत्र काटेर टिकटक बन्द गर्न भनेका छौं, टिकटकको मुख्यालयलाई पनि जानकारी गराइसकेका छौं। सरकारको निर्णय आउनेबित्तिकै हामीले पत्राचार गरेका हौं ।

    २४ घन्टाभित्र टिकटक बन्द भइसक्छ,’ उनले भने । टिकटक बन्द गर्ने सरकारको निर्णयको सामाजिक सञ्जालमा केहि विरोध पनि भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ