• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिकारीको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

    3.5K
    SHARES



    दाङ । दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन् ।

    चौधरीको हत्या आरोपमा प्रहरीले घोराही-५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताएका छन् ।

    बिहीबार स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला सिकार खेल्न गएका सिकारीले चलाएको गोलीको छर्राले जवान चौधरीको छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए ।

    मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत रहका थिए ।

    यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा, रोजगारीको अवसर लगायतका विषयमा अध्ययन गर्न विज्ञ समिति गठन गरेको छ । श्रम विज्ञ डा.गणेश गुरूङको संयोजकत्वमा समिति गठन गरेको हो ।

    उक्त टोलीले जलवायु परिवर्तन, सामाजिक सुरक्षा, रोजगारीका अवसर लगायतका विविध विषयमा छलफल एवं अध्ययन गरी संलग्न प्रारम्भिक मस्यौँदालाई अन्तिम रूप दिनेछ । उक्त समितिले दिएको सुझावको आधारमा श्रम मन्त्रालय अघि बढ्नेछ ।

    समितिमा डा.केशव बस्याल, प्रतिमा शर्मा, जुना माथेमा, मञ्जु गुरूङ सदस्य छन् । श्रम मन्त्रालयको प्रशासन शाखाका उप–सचिवले सदस्य सचिवको जिम्मेवारी बहन गर्नेछन् ।

    उक्त समितिमा आईएलओ, आईओएम, रिटर्नी नेटवर्क, वैदेशिक रोजगार व्यवसायी संघ लगायतका सरोकारवालालाई आमन्त्रित सदस्यको रूपमा राखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ