• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    जाजरकोटका भूकम्प प्रभावितलाइ क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    6.3K
    SHARES



    काठमाडौँ । गत १७ गते जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भूकम्प प्रभावितहरुका लागि राहत तथा सहयोग उपलब्ध हुने क्रम जारी छ । यसै शिलशिलामा माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले जिल्ला अस्पताल जाजरकोटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे छ ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यलय सदस्य उदय बहादुर चलाउने नेतृत्वकाे टाेलिले झण्डै ३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

    हस्तान्तरण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य संगम, अन्तत, विपिन, युवा संगठन केन्द्रीय अध्यक्ष हरिष भट्ट, केन्द्रीय सदस्य प्रतिज्ञा चाैलागाईलगायत नेता कार्यकर्ता सहभागी थिए ।

    गत १७ गते जिल्लाको बारेकाेट गाउपालिका रामिडाँडा केन्द्र बिन्दु भएर गएको भूकम्पमा परी १५३ जनाकाे ज्यान गएको थियो ४ सय भन्दा बढी घाईते भएका थिए ।

    यस्तै भूकम्प प्रभावित स्थानियहरुको उपचार र दैनिक खानपिनका लागि सरकारी र गैरसरकारी निकायहरुबाट सहयोग जुट्ने र वितरण हुने क्रम जारी छ ।

    चिसाे बढेसंगै भूकम्प प्रभावितहरुमा अन्य बिरामी हुने समस्या पनि बढिरहेको छ। सोही अवस्था सामान्य भए पनि मलमपट्टी होस् भनेर क्रान्तिकारी क्रम्युनिष्ट पार्टीले पनि सहयोग गरेको जनाएको छ ।

    स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टीले थप राहतका सामग्रीहरु पनि उपलब्ध गराउने र आज देखि भुकम्प प्रभावित क्षेत्रमा पार्टी उद्धार कार्यमा निरन्तर खट्ने जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया