• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हिउँचितुवाको आक्रमणबाट ७७ वटा च्याङ्ग्रा गोठमै मरे, ३ घाइते

    1.8K
    SHARES



    काठमाडौँ । उत्तरी मुस्ताङको ढाकमारमा हिउँ चितुवाको आक्रमणबाट झन्डै १ सय च्याङ्ग्रा मरेका छन् ।

    लोघेकर दामोदरकुण्ड गाउँपालिका २ मा पर्ने उक्त गाउँमा किसानको गोठमै छिरेर च्याङ्ग्रालाई आक्रमण गरेको हो ।

    ‘७७ वटा गोठमै मरेका छन् भने ३ वटा घाइते छन् । बाँच्ने अवस्था छैन,’ स्थानीय छिरिङ गुरुङले भने, ‘साह्रै ठुलो क्षति भयो ।’ ४ वटा चितुवा एकै पटक छिरेर आक्रमण गरेको उनले बताए  ।

    स्थानीय मिङ्मर गुरुङको ३० लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । तरबार सहितको खोरमा छिरेर आक्रमण गरेको मुस्ताङ प्रहरी प्रमुख भोज पाण्डेले बताएका छन् ।

    ‘गोठमा ८० वटा च्याङ्ग्रा रहेछ । सबैजसो क्षति भएको छ,’ उनले भने, ‘राती नै चितुवा पसे पनि बिहान मात्रै थाहा भएको रहेछ ।’ घटनास्थलमा जनप्रतिनिधि र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका प्रतिनिधि जाँदै छन् । हिउँचितुवाको आक्रमणले क्षति भएको यो सबैभन्दा ठुलो सङ्ख्या हो ।

    यस्तै,

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ