• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुग्यो, १६६ जना घाइतेको उपचार हुँदै

    3.6K
    SHARES

    काठमाडौँ । जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् । सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् ।

    त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् । यसै गरी हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन् ।

    कर्णाली प्रदेश अस्पतालमा भूकम्पमा परी घाइते भएका २५ जनाको उपचार भइरहेको छ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा घाइते २५ मध्ये महिला १३, पुरुष ७ र ४ जना बालबालिका उपचार प्रदेश अस्पतालका प्रमुख डाक्टर डम्मर खड्काले जानकारी दिए ।

    घाइतेको उपचार मध्ये एक जनालाई भेन्टिलेटरमा राखिएको छ भने तीन जनाको शल्यक्रियाको तयारी गरिएको र दुई जना सामान्य उपचार पछि डिस्चार्जको अवस्थामा रहेको अस्पतालले जनाएको छ । अस्पताल परिसरमा नेपाल आर्मीले टेण्ट लगाएको छ भने अस्पतालमा ५० बेड भूकम्पबाट घाइते भएकाहरूको लागि उपचारका लागि खालि राखिएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ