• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    भूकम्प अपडेट: अहिलेसम्म कहाँ कति भयो क्षति ?

    10.7K
    SHARES

    काठमाडौँ । शुक्रबार राति जाजरकोटकाे रामीडाँडालाई केन्द्र बनाएर गएकाे ६.४ म्याग्निच्युडको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति पुगेको छ । सरकारले उद्धार कार्यलाई तीव्रता दिइएको छ।

    प्रधानमन्त्री कार्यालयका अनुसार, जाजरकाेटमा ९५ र रुकुम पश्चिममा ३८ जनाकाे मृत्यु भएकाे हाे । दुवै जिल्लामा गरी भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ जनाको मृत्यु हुँदा १ सय ४० जना घाइते भएका छन् । जाजरको भेरी नगरपालिकामा ३५ जनाको मृत्यु भएको छ । नगर स्वास्थ्य शाखामा हालसम्म ३० जनाको मृत्यु पुष्टि भएकाे रेकर्ड छ ।

    सबैभन्दा बढी क्षती वडा नम्बर १ र ३ मा भएको छ भने भेरी करिडोरलगायतका सडकहरु अवरुद्ध भएका कारणले घाइतेको उद्धार गर्न समस्या भएको छ । प्रारम्भिक जानकारीअनुसार भेरी नगरपालिकामा मात्रै झण्डै एक सयभन्दा बढीले ज्यान गुमाएका छन्।

    यस्तै, नगलगाड नगरपालिकामा उपप्रमुख सरिता सिंहसहित ५० बढीले ज्यान गुमाएका छन् । नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतका अनुसार, हालसम्म ५० जनाभन्दा बढीकाे मृत्यु भएकाे छ । उनका अनुसार, वडा नम्बर १ मा सबैभन्दा बढी मानवीय क्षति भएको छ । यहाँ ३० देखि ३५ जनाकाे मृत्यु भएको छ ।

    भूकम्पका कारण ठाउँ-ठाउँमा सडक अवरुद्ध भएको र टेलिफाेनले काम नगरेकाले उद्धारमा कठिनाई भएको छ । यसले घटनाको एकिन विवरण संकलनमा समस्या भएको पनि नगर प्रमुख रावतले बताए ।

    उता रुकुम पश्चिमा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिका डीएसपी नमराज भट्टराईले हालसम्म ३६ जनाको मृत्यु भएको बताएका छन् ।

    उनका अनुसार, ८५ जनाभन्दा बढी घाइते भएका छन् । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले कारणले घर र गोठहरू भत्किएका छन् भने सडकहरू पनि अवरुद्ध भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ