• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

    2.8K
    SHARES



    काठमाडौँ । । शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज अधिकारीका अनुसार भूकम्पमा परी कम्तीमा ५० जना घाइते भएका हुन् ।

    भूकम्पपछि सुख्खा पहिराेले बाटाे अवरूद्ध हुँदा उद्धारमा कठिनाइ भइरहेको अधिकारीको भनाई छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

    यस्तै उता जाजरकोटमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । मृत्यु हुनेहरुमा नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ ।

    नलगाढ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धन बहादुर महरका अनुसार वडाकाे सिउरी भन्ने स्थानमा १२ जना, कल्पतमा ५ जना र पाली भन्ने स्थानमा ३ जनाको मृत्यु भएको हो

    यस्तै भेरी नगरपालिकामा १० जना, कुशे गाउँपालिकामा ८ जना र नलगाढ नगरपालिकामा ३ जनाको मृत्यु भएकाे पुष्टि भएकाे हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ