• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    सबैलाई भूकम्प पीडितको उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्रीको अपिल

    2.8K
    SHARES



    काठमाडौँ । जाजरकोटमा गएको भूकम्पमा परी ठुलो क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्धार तथा राहतमा जुट्न सबैमा अपिल गरेका छन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    ‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु। घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्। उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु।,’ प्रधानमन्त्री दाहालले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमा स्टाटस लेख्दै भनेका छन् ।

    भूकम्पमा परी अहिलेसम्म रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज अधिकारीका अनुसार भूकम्पमा परी कम्तीमा ५० जना घाइते भएका हुन् ।

    यस्तै उता जाजरकाेटमा ३८ मृत्यु भएको पुष्टि भइसकेको छ। जिल्लाको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित एकै वडामा २० जनाको मृत्यु भएको छ । नलगाढ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धन बहादुर महरका अनुसार वडाकाे सिउरी भन्ने स्थानमा १२ जना, कल्पतमा ५ जना र पाली भन्ने स्थानमा ३ जनाको मृत्यु भएको हो।

    यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा १० जना, कुशे गाउँपालिकामा ८ जनाको ज्यान गएको छ। अहिले खलंगा जिल्ला अस्पतालमा ३५ जनाकाे उपचार भइरहेकाे छ भने घाइतेहरूलाई अस्पताल ल्याउने क्रम जारी छ ।

    कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कुशे गाउँपालिका वडा नम्बर ७ मा १ सयभन्दा बढी घर भत्किएकाे र ८ जनाकाे मृत्यु भएकाे बताए । कुशे गाउँपालिका भूकम्पकाे केन्द्रविन्दु रहेकाे बारेकाेट गाउँपालिकाकाे रामीडाँडासँगै जाेडिएकाे स्थान हाे ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ